ad

बझाङमा ‘इन्द्रजात्रा तथा प्रथम वडा अध्यक्ष कप–२०८३’ आयोजना हुँदै


बझाङ — बझाङको मष्टा गाउँपालिका–३, ढँडारमा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको इन्द्रजात्रा तथा प्रथम वडा अध्यक्ष कप–२०८३ आयोजना हुने भएको छ।
आयोजकका अनुसार आगामी असोज ९ गतेदेखि सुरु हुने मेलामा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमसँगै महिला तथा पुरुष खुला भलिबल प्रतियोगिता सञ्चालन गरिनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले असोज ९ गते बिहान १० बजेसम्म टिम दर्ता गर्न सक्ने जनाइएको छ।
प्रतियोगिताको पुरुषतर्फ प्रथम पुरस्कार रु. ५३,३३३, द्वितीय रु. ४३,३३३ र तृतीय रु. २३,३३३ रहेको छ। महिला भलिबलतर्फ प्रथम पुरस्कार रु. ३३,३३३, द्वितीय रु. २२,३३३ र तृतीय रु. १२,३३३ राखिएको आयोजकले जनाएको छ।
पुरुषतर्फ टिम दर्ता शुल्क रु. ५,००० र महिलातर्फ रु. ३,००० तोकिएको छ।
मेलालाई व्यवस्थित रूपमा सञ्चालन गर्न विभिन्न जिम्मेवारीसहित आयोजक तथा व्यवस्थापन समिति गठन गरिएको छ। आयोजकले देश तथा विदेशमा रहेका सम्पूर्ण खेलप्रेमी तथा दर्शकलाई कार्यक्रममा सहभागी भई सहयोग गरिदिन आग्रह गरेको छ। �

यो खबर पढेर तपाईलाइ कस्तो लाग्यो

प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

Scroll to Top
ad